fbpx
Advance Khabar
अन्तरवार्ता राजनीति विजनेश विशेष समाचार

संघीय संसदमाथि घेराबन्दी निकै ठूलो भइरहेको छ : सभामुख सापकोटा

सभामुख अग्नि सापकोटाले संघीय संसदमाथि निकै ठूलो घेराबन्दी भइरहेको बताएका छन्। 

पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण समारोहमा बोल्दै  सभामुख सापकोटाले संविधानको रक्षार्थ प्रतिनिधि सभा अघि बढेको दाबी गरे।

‘जब राष्ट्रिय हितको सवालमा पुरै दृढतापूर्वक अघि बढ्न सुरू गर्‍यो’, सापकोटाले भने, ‘त्यहिँबाट संघीय संसद माथि निकै ठूलो घेराबन्दी भइरहेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्र बालुवाटारमा आयोजना गरेको सर्वदलीय बैठकमा सरकारलाई सभामुखले अहसयोग गरेको बताएका थिए।

सरकारले पछिल्लो पटक अमेरिकी सहयोग एमसिसी अनुमोदन गराउने कोशिश गरिरहेको छ। 

एमसिसी अनुमोदन गराउने विषयमा सभामुख निर्वाचित भएको दल नेकपा माओ‌वादी केन्द्र स्पष्ट छैन। सभामुख सापकोटाले एमसिसी पास गर्न रोकेको प्रधानमन्त्रीको आरोप छ। 

सभामुख सापकोटाले भने एमसिसीबारे स्पष्ट धारणा राखेका छैनन्। उनले एमसिसी बहसमा विषय भनेर पन्छने गरेका छन्। 

सभामुख सापकोटाले आफ्नाबारे भइरहेको टिप्पणीबारे जानकार रहेको बताएका छन्। 

‘मलाई खुसी कहाँनेर छ भने मैले धेरै आफ्ना भनाईहरु व्यक्त गरिरहेको छैन। भन्नेले  के भन्छन् वास्ता गरिरहेको छैन। महान् बहसबाट भयानक भ्रमको अन्त्य हुन्छ’, सापकोटाले भने, ‘कहिलेकाँही सामान्य ढंगले टिप्पणी हुन्छ। व्यक्ति व्यक्ति बीचको टक्कर हो कि भनेर। अधिकारी बीचको टक्कर हो कि भनेर। यो लोकतान्त्रिक मुल्य मान्यतामा आधारित छ। संविधान रक्षा गर्नेसँग सम्बन्धित छ।’
 
उनले आफूले स्वतन्त्रतापूर्वक काम गर्ने बताए । 

‘मैले स्वतन्त्रतापूर्वक काम गर्नुपर्छ। मैले कसैको दबाबमा काम गरेको छैन र कसैको प्रभावमा काम गरेको छैन’, सापकोटाले भने, ‘मैले फेयरनेस पनि हेर्नुपर्छ। जनताले २७५ जना अर्थात् ३३४ जनालाई सार्वभौमसत्ता सुम्पेका छन्। त्यो सार्वभौमसत्ताको निहित अधिकार खास खास बेलामा सभामुखमा केन्द्रित हुन्छ। सभामुखले देशका सबै जनताको भावना बुझेर अगाडि बढ्नुपर्छ।’

Source : Setopati

Related posts

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

admin

चीनको सिनोभ्याक खोपलाई डब्ल्युएचओले दियो अनुमति

admin

कोरोना जितेकाको खोपपछि जीवनभर रहिरहन्छ इम्यूनिटी, बुस्टर डोज नचाहिने

admin

दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?

admin