fbpx
Advance Khabar
अर्थ कोरोना भाइरस राजनीति विजनेश विशेष समाचार

उपत्यकामा २२ वैशाखदेखि फेरि एक हप्ता निषेधाज्ञा थपिने

१४ वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो’, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले भने । अर्थात् काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।

उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोसउपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा : के बन्द, के खुल्ला ?

‘उहाँहरु (प्रमुख जिल्ला अधिकारीहरु) ले एक साता गर्ने निर्णय गर्नुभएको छ । तर, त्यतिले पुग्दैन भन्ने हो’, मन्त्री ढकालले भने ।

मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार, पहाडी जिल्लामा दुई सय भन्दा बढी र शहरी जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउन सकिने निर्णय पनि गरेको छ । सो निर्णयअनुसार बाँके, बर्दिया, सुर्खेत, कास्की लगायतका जिल्लाहरुमा निषेधाज्ञा जारी भइसकेको छ ।

 

source : Online Khabar

Related posts

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

admin

चीनको सिनोभ्याक खोपलाई डब्ल्युएचओले दियो अनुमति

admin

कोरोना जितेकाको खोपपछि जीवनभर रहिरहन्छ इम्यूनिटी, बुस्टर डोज नचाहिने

admin

भियतनामी कोरोना भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’

admin