fbpx
Advance Khabar
अर्थ कर्पोरेट बैंकिङ विजनेश विशेष समाचार सेयर मार्केट

महिला लघुवित्तको नाफामा ११२.५५% को बढोत्तरी, ईपीएस रु. ८५.६६

काठमाण्डौ । करिब साढे २ महिनाअघि आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार महिला लघुवित्तले समीक्षा अवधिमा ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११२.५५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको सञ्चालन मुनाफा पनि १४९.९० प्रतिशतले बढेर ७ करोड ९२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ करोड १७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ६१.५५ प्रतिशत बढेर १६ करोड ५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ९ करोड ९२ लाख रुपैयाँ रहेको थियो। 

संस्थाले यो अवधिमा २ अर्ब १९ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८९ करोड रुपैयाँ सापटी लिई १ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

संस्थाले रिजर्भको आकार ५५.०४ प्रतिशतले बढाउँदै १९ करोड १८ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १२ करोड ३७ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १० करोड रुपैयाँ रहेको संस्थाको ईपीएस ११२.५५ प्रतिशतले बढेर ८५.६६ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस ४०.३० रुपैयाँ रहेको थियो। पीई रेसियो १२.८३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २९१.८४ रुपैयाँ रहेको छ।

Related posts

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

admin

चीनको सिनोभ्याक खोपलाई डब्ल्युएचओले दियो अनुमति

admin

कोरोना जितेकाको खोपपछि जीवनभर रहिरहन्छ इम्यूनिटी, बुस्टर डोज नचाहिने

admin

काठमाडौं उपत्यकामा ‘सीजी नेट’ को सेवा शुरु, १२० एमबीपीएस ‘सीजी नेट’ ९९९ रुपैयाँमा

admin