fbpx
Advance Khabar
विशेष समाचार सेयर मार्केट

सानिमा जरनल इन्स्योरेन्स : बीमा शुल्क आर्जन रु. १३.८४ करोड, नाफा १००.९५%ले बढ्यो

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ८४ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४६.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ९ करोड ४२ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ६१.२७ प्रतिशतले बढाएर १ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यस्तो आय ९५ लाख ४८ रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीको दाबी भुक्तानी ५५.२७ प्रतिशतले घटेर ३ करोड ५८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी २ करोड १७ करोड रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च २४.२७ प्रतिशत बढेर ७ करोड ५३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ६ करोड ६ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले बीमा कोषको आकार बढाएर ८ करोड ५७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको ४ करोड ४१ लाख रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्षको यही अवधिसम्म ३ करोड ७७ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर ७ करोड ५९ लाख रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै महाविपत्ति जगेडाको आकार ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख रुपैयाँ पुगेको छ। 

तेस्रो त्रैमासमा कम्पनीको नाफा १००.९५ प्रतिशतले बढेर ५ करोड ८१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा २ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको जारी बीमालेखको संख्या ५७ हजार ८२४ पुगेको छ। गत वर्ष यही अवधिमा यो संख्या ३१ हजार ८७२ रहेको थियो।

चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.८० रुपैयाँ रहेको छ। पीई रेसियो १०२.२० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११७.०६ रुपैयाँ रहेको छ।

Related posts

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

admin

चीनको सिनोभ्याक खोपलाई डब्ल्युएचओले दियो अनुमति

admin

कोरोना जितेकाको खोपपछि जीवनभर रहिरहन्छ इम्यूनिटी, बुस्टर डोज नचाहिने

admin

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट बिक्री खुला हुने, छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने

admin