fbpx
Advance Khabar
अर्थ

चीनमा ३ सन्तान नीतिले यी कम्पनीका सेयरभाउमा उछाल

काठमाण्डौ । चीन सरकारले भर्खरै ल्याएको ३ सन्तान नीतिले चीन र हङकङका सेयर बजारमा केही कम्पनीको सेयरमूल्यमा उछाल आएको छ। 

चीनमा ३ सन्तानको नीति आएसँगै चीन र हङकङमा बच्चाका सामग्री उत्पादन गर्ने कम्पनी र मातृत्व सेवासम्बन्धी कम्पनीहरुका सेयर मूल्यमा उछाल आएको हो। बच्चाका सामग्री उत्पादन गर्ने कम्पनी ‘गुडबेबी’ को सेयर मूल्य हङकङगमा एकैदिन ३१ प्रतिशतले बढेको छ। त्यसैगरी सुचुओ बेस केयर मेडिकल कम्पनीको सेयरमूल्यमा पनि १५ प्रतिशतले उकालो लागेको छ। 

चीनकै जिङजिन फर्टिलिटी ग्रुपको सेयरमा १८ प्रतिशत, मातृत्व स्वास्थ्य सेवा प्रदान गर्ने ‘ऐडगङ’ कम्पनीको सेयरभाउमा २२ प्रतिशतले बढोत्तरी भएको छ। 

त्यसैगरी विद्युतीय रेल तथा गुडिया र खेलौना बनाउने कम्पनीमा पनि सोमबार ७ प्रतिशतभन्दा बढीले सेयरको मूल्यमा उछाल आएको छ। 

केही दिनपहिले चीनले जनसंख्या वृद्धि गर्ने भन्दै २ सन्तान नीतिमा परिवर्तन गर्दै दम्पतीलाई ३ सन्तानसम्म जन्माउन पाउने अनुमति दिएको थियो। यस्तो नीतिले खेलौना तथा गुडिया कम्पनीको उत्पादनमा माग बढ्ने र कम्पनीको राम्रो आम्दानी हुने पूर्वआँकलनका साथ चीन र हङकङका उत्पादन कम्पनीको सेयरमूल्यमा उछाल आउन सहयोग पुगेको विश्लेषकहरु बताउँछन्। – एजेन्सी

Source : Bizshala.com


Related posts

दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?

admin

कोरोनाकै कारण २०२२ सम्म २०.५ करोड मानिसको जागिर गुम्नसक्ने

admin

फिलिपिन्सकै इतिहासमा यो चाउचाउले जारी गर्दैछ हालसम्मकै ठूलो आईपीओ

admin

सन् २०२२ मा भारतको अर्थतन्त्र ९.३%ले वृद्धि हुने प्रक्षेपण

admin

ओपेकद्वारा कच्चा तेलको उत्पादन बढाउने निर्णय, घट्ला त पेट्रोलियम पदार्थको मूल्य ?

admin

कोरोना कहरबीच भारतीय सेयर बजारमा उछाल, एसिया प्यासेफिक क्षेत्रमै उत्कृष्ट प्रदर्शन

admin