fbpx
Advance Khabar
अर्थ

ओपेकद्वारा कच्चा तेलको उत्पादन बढाउने निर्णय, घट्ला त पेट्रोलियम पदार्थको मूल्य ?

crude

काठमाण्डौ । तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र सहयोगी उत्पादक देशहरुले कच्चा तेलको उत्पादन बढाउने निर्णय गरेका छन्।

निर्णयअनुसार अब कच्चा तेलको उत्पादन बढाएर प्रतिदिन २१ लाख ब्यारल पुर्याइनेछ। केही देशको आर्थिक पुनरुत्थानलाई मध्यनजर गर्दै ओपेक र सहयोगी तेल उत्पादक देशहरु (ओपेक प्लस) का ऊर्जामन्त्रीहरुको मंगलबार बसेको भर्चुअल बैठकले यस्तो निर्णय लिएको हो। 

कच्चा तेलको उत्पादन बढाउनाले मूल्यमा कमी आउने आशा गरिएको छ। अहिले पनि कच्चा तेलको मूल्य अन्तर्राष्ट्रियस्तरमा ७० डलर प्रतिब्यारल रहेको छ। 

विश्व मानक ब्रेन्ड क्रुडको भाउ मंगलबार २.२ प्रतिशतले बढेर ७०.८५ डलर प्रतिब्यारल पुगेको छ। यदि विश्व बजारमा कच्चा तेलको मूल्य घट्छ भने यसको असर घरेलु बजारको पेट्रोल र डिजेलको मूल्यमा पर्न सक्छ । यी पेट्रोलियम पदार्थको मूल्यमा पनि कमी आउन सक्छ। 

ओपेक र ओपेक प्लसका सदस्य राष्ट्रहरु विश्व तेल बजारमा परस्पर विरोधी दबाबहरुबाट जुझिरहेका छन्। एकातिर केही देशमा कोभिड संक्रमणको मामिला अझै पनि तीव्रगतिमा बढिरहेका कारण तेलको मागमा कमी आइरहेको छ भने अर्कोतिर केही देशमा संक्रमणको मामिला घटेर आर्थिक पुनरुत्थानका गतिविधि सुरु हुँदा तेलको माग बढेको छ।

साउदी अरबको अगुवाइमा ओपेक तथा ओपेक प्लस सदस्य राष्ट्रहरुले भारतजस्ता देशमा कोभिड महामारी तीव्रगतिमा फैलिरहेको विश्वस्तरमा तेलको माग र मूल्यमा असर पर्ने सक्ने आशंका गरेका छन्। भारत प्रमुख तेल उपभोक्ता बजारमा पर्छ। 

तेल उत्पादक देशहरुले सन् २०२० मा महामारीकै कारण आएको शिथिलताका कारण मूल्यमा समर्थन दिनका लागि उत्पादनमा उल्लेखनीय कटौती गरेको थियो। अब कच्चा तेलको उत्पादन वृद्धिसँगै अमेरिका, युरोप र एसियाली मुलुकहरुमा आर्थिक पुनरुत्थानसँगै दोस्रो त्रैमासबाट ऊर्जाको माग पनि बढ्ने आशा गरिएको छ। – एजेन्सी

Source : bizshala.com

Related posts

दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?

admin

कोरोनाकै कारण २०२२ सम्म २०.५ करोड मानिसको जागिर गुम्नसक्ने

admin

फिलिपिन्सकै इतिहासमा यो चाउचाउले जारी गर्दैछ हालसम्मकै ठूलो आईपीओ

admin

सन् २०२२ मा भारतको अर्थतन्त्र ९.३%ले वृद्धि हुने प्रक्षेपण

admin

चीनमा ३ सन्तान नीतिले यी कम्पनीका सेयरभाउमा उछाल

admin

कोरोना कहरबीच भारतीय सेयर बजारमा उछाल, एसिया प्यासेफिक क्षेत्रमै उत्कृष्ट प्रदर्शन

admin