fbpx
Advance Khabar
अर्थ

सन् २०२२ मा भारतको अर्थतन्त्र ९.३%ले वृद्धि हुने प्रक्षेपण

gdp

काठमाण्डौ । भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।

विश्वको आर्थिक परिदृश्यको नियमित मूल्यांकन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले यस्तो प्रक्षेपण गरेको हो। मुडिजले कोरोना महामारीको दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पुनः गति लिने अनुमान गरेको छ। 

मुडिजका अनुसार भारतमा लगानीको वातावरण अझै सुधार आउन सकेको छैन। खासगरी भारतमा अर्थतन्त्रको वृद्धि तुलनात्मक रुपमा न्यून भएको, कमजोर सरकारी वित्त प्रणाली र वित्तीय क्षेत्रका जोखिम बढ्दो क्रममा रहेको मुडिजले जनाएको छ। भारतका यी परम्परागत समस्याबीच कोभिडको दोस्रो लहरले भारतीय अर्थव्यवस्थामा थप जटिलता थपेको मुडिजले जनाएको छ।

लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हु सक्ने चेतावनी दिएको मुडिजले कोभिडको पहिलो लहरको झैँ यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ । राजस्वमा हुने सामान्य गिरावट र कोभिडसँग सम्बन्धित क्षेत्रमा परिचालित हुने खर्चले सरकारी कोषमा कूल गार्हस्थ्य उत्पादनको ११.८ प्रतिशत भार थपिनेछ।

भारतले गत मे १ देखि तेस्रो चरणको खोप अभियान थालनी गरिसकेको छ। जसमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर, मे महिनाको अन्त्यसम्ममा कूल जनसंख्याको करिब १५ प्रतिशतले मात्र कम्तीमा एक डोज खोप लगाउन पाएका छन्।

खोपको कमी र स्रोतसाधनको अभावले खोप अभियानलाई सहज रुपमा विस्तार गर्न कठिनाइ भइरहेको पनि मुडिजले जनाएको छ। 
मुडिजले कोभिडको दोस्रो लहर जुन महिनाभन्दा लामो अवधिसम्म जारी रहे र खोप अभियानमा अपेक्षित प्रगति नभए भारतको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने जनाएको छ।

सन् २०२० मा कोभिड–१९ का कारण व्यापक गिरावट आएको भारतको अर्थतन्त्र कोभिडको संक्रमण कम देखिनासाथ सक्रिय भएको थियो।

source : BIzshala.com

Related posts

दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?

admin

कोरोनाकै कारण २०२२ सम्म २०.५ करोड मानिसको जागिर गुम्नसक्ने

admin

फिलिपिन्सकै इतिहासमा यो चाउचाउले जारी गर्दैछ हालसम्मकै ठूलो आईपीओ

admin

ओपेकद्वारा कच्चा तेलको उत्पादन बढाउने निर्णय, घट्ला त पेट्रोलियम पदार्थको मूल्य ?

admin

चीनमा ३ सन्तान नीतिले यी कम्पनीका सेयरभाउमा उछाल

admin

कोरोना कहरबीच भारतीय सेयर बजारमा उछाल, एसिया प्यासेफिक क्षेत्रमै उत्कृष्ट प्रदर्शन

admin