fbpx
Advance Khabar
अर्थ

फिलिपिन्सकै इतिहासमा यो चाउचाउले जारी गर्दैछ हालसम्मकै ठूलो आईपीओ

monde

काठमाण्डौ । दक्षिणपूर्वी एसियामै लोकप्रिय एउटा चाउचाउ उत्पादक कम्पनीले फिलिपिन्सकै इतिहासमा हालसम्मकै ठूलो आईपीओ निष्कासनको तयारी गरेको छ। 

चाउचाउ कम्पनी मोन्डे निसिनले फिलिपिन्समै हालसम्मको ठूलो आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। यो कम्पनी हालै फिलिपिन्सको स्टक मार्केटमा लिस्टिङ भएसँगै आईपीओ निष्कासनको तयारी गरेको छ। फिलिपिन्स स्टक एक्सचेन्जमा यो कम्पनीको कारोबार ‘मोन्डे’ संकेतबाट हुनेछ।

यो कम्पनीले ‘लक्की मी’ नामक तयारी चाउचाउ उत्पादन गर्छ।  

यो कम्पनीले फिलिपिन्समा ४८.६ बिलियनको फिलिपिनी मुद्राबराबरको अर्थात १ अर्ब अमेरिकी डलरबराबरको अईपीओ जारी गर्नेछ। 

यो कम्पनीले बेलायतस्थित मिटलेस चिकेन ब्रान्ड ५५० मिलियन पाउण्डमा खरिद गरेको थियो। यसको उत्पादन एसिया तथ युरोपका राष्ट्रहरुमा निर्यात हुने कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सीईओ) हेनरी सिसान्तोले बताए। 

यसका उत्पादन दक्षिणपूर्वी एसियामै लोकप्रिय मानिन्छ। फिलिपिन्समा भने यसको उपभोग कमै हुने गरेको छ। त्यहाँ १ वर्षमा १ जनाले ३६ प्याक चाउचाउमात्रै उपभोग गर्ने गरेको पाइएको छ। 

यो चाउचाउको मुख्य व्यापार तथा निकासी एसियाकै अन्य राष्ट्र जापान, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम र उत्तर अमेरिकासम्म हुने जनाइएको छ। कम्पनीका सीईयो हेनरीले अहिलेका चाउचाउ नै नखानेलाई खान प्रोत्साहन गर्न यसको उत्पादन गर्न थालिएको बताए। यो उत्पादनमा तेलको मात्रा अहिलेका चाउचाउको तुलनामा ७० प्रतिशत कम हुने जनाइएको छ। 

यो कम्पनीमा बेलायतीहरुको एक चौथाइ संस्थापक सेयरधनी रहे पनि दोस्रो बजारमा कारोबार हुने छैन। 

Source : bizshala.com

Related posts

दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?

admin

कोरोनाकै कारण २०२२ सम्म २०.५ करोड मानिसको जागिर गुम्नसक्ने

admin

सन् २०२२ मा भारतको अर्थतन्त्र ९.३%ले वृद्धि हुने प्रक्षेपण

admin

ओपेकद्वारा कच्चा तेलको उत्पादन बढाउने निर्णय, घट्ला त पेट्रोलियम पदार्थको मूल्य ?

admin

चीनमा ३ सन्तान नीतिले यी कम्पनीका सेयरभाउमा उछाल

admin

कोरोना कहरबीच भारतीय सेयर बजारमा उछाल, एसिया प्यासेफिक क्षेत्रमै उत्कृष्ट प्रदर्शन

admin