fbpx
Advance Khabar
कर्पोरेट बैंकिङ

अब एनएमबि बैंकको खाता कनेक्ट आईपीएसबाट पनि अनलाइन भेरिफाई गर्न सकिने

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् ।

यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्ने छैन । अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरू मार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ ।

अनलाइनबाटै सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंक मार्फत​ बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने बैंकले जनाएको छ ।

यसरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरू, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको बैंकले जनाएको छ ।  

बैंक खाता लिन्क गरी सेल्फ भेरिफाई कसरी गर्ने ?
–कनेक्ट आईपीएसमा लिंक एकाउन्ट अप्सन भित्र आवश्यक विवरण दाखिला गरी खाता लिन्क गर्ने
–म्यानेज एकाउन्टभित्र लिंक गरिएको खातामा सेल्फ भेरिफाई एकाउन्टमा क्लिक गर्ने
–रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी दाखिला गर्ने

–अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा रकमहरु दाखिला गरी प्रकृया पूरा गर्ने
–अब लिंक गरिएको खाता मार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अनलाइन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्ट आईपीएसमा रजिष्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनु पर्ने बैंकले बताएको छ ।  

Related posts

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

काठमाडौं उपत्यकामा ‘सीजी नेट’ को सेवा शुरु, १२० एमबीपीएस ‘सीजी नेट’ ९९९ रुपैयाँमा

admin

डिशहोमको नयाँ अभियान “मेरो मनको दोस्रो देश”, कसरी सहभागि हुने ?

admin

एभरेष्ट बैंकद्वारा बेलायतको श्पुन रेमिटसँग रेमिट्यान्स सेवा प्रदान गर्न सम्झौता

admin

दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?

admin