fbpx
Advance Khabar
कर्पोरेट

डिशहोमको नयाँ अभियान “मेरो मनको दोस्रो देश”, कसरी सहभागि हुने ?

काठमाडौं । डिशहोमले नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० लाई लक्षित गरि नयाँ अभियानन ‘मेरो मनको दोस्रो देश’को शुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिशहोम सम्पूर्ण रुपमा तयार रहेको जनाएको छ । 

यो फुटबल प्रतियोगिता डिशहोमको एच.डी. च्यानल एक्सन स्पोर्टस्मा हेर्न सकिने जनाएको छ । सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ​ ट्रेन्ड गराइै यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने कम्पनीको विश्वास छ ।

यस अन्तर्गत फ्यानहरूले आफूले प्रशंसा र समर्थन गरेको  आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्नेछन् । 

कसरी भाग लिने अभियानमा ? 
–सहभागिहरुले डिशहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । 
–सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh ​गर्नुपर्नेछ र आफुले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ । 
–खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । 
–प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्यसम्म आफ्नो मनको देशलाई समर्थन गरि #MeroMankoDosroDesh ​सँगै खेल सम्बन्धित पोष्ट गर्न सक्नेछन् । 
–विजेता राष्ट्र, पहिलो रनर अप राष्ट्र  र दोस्रो रनर अप राष्ट्र गरि तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् । 
–विजेताहरुको घोषणा डिशहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ । 

Related posts

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

काठमाडौं उपत्यकामा ‘सीजी नेट’ को सेवा शुरु, १२० एमबीपीएस ‘सीजी नेट’ ९९९ रुपैयाँमा

admin

एभरेष्ट बैंकद्वारा बेलायतको श्पुन रेमिटसँग रेमिट्यान्स सेवा प्रदान गर्न सम्झौता

admin

दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?

admin

आइएमई फाउन्डेसनद्वारा सरकारलाई ३ करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

admin